Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव राष्ट्रियसभामा पेश

    सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव राष्ट्रियसभामा पेश

    अनलाइन नेपाल
  • सोमबार, २८ जेष्ठ २०८१
  • 411
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रियसभामा सवारी दुर्घटना न्युनीकरणसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ ।

    सोमवार बसेको राष्ट्रियसभा बैठकमा सांसद सोनाम गेल्जेन शेर्पाले सो प्रस्ताव पेश गरेका हुन् ।



    उनले सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने र दुर्घटनामा परी ज्यान गुमाउने परिवारलाई उचित क्षतिपूर्ति र घाईतेलाई उद्धार र उपचार, अपांगता भएकालाई उचित प्रवन्ध गर्न तत्काल कदम चाल्नुपर्ने भन्दै सार्वजनिक महत्वको प्रस्ताव पेश गरेको बताए ।



    सांसद शेर्पाले सवारी सुरक्षामा देखिएको यस प्रकारको समस्याले मुलुकले झन्डै १२ अर्ब २८ करोड बराबरकाको क्षति व्यहोर्नुपरिरहेको दाबी गरे ।

    सो प्रस्तावमा चालु आर्थिक वर्षको पहिलो महिनामा साउनदेखि वैशाख ३० को अवधिमा १९ हजार २६३ सवारी दुर्घटना हुँदा १ हजार ९३२ मृत्यु भएको उल्लेख गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार