Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव राष्ट्रियसभामा पेश

काठमाडौं । राष्ट्रियसभामा सवारी दुर्घटना न्युनीकरणसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ ।

सोमवार बसेको राष्ट्रियसभा बैठकमा सांसद सोनाम गेल्जेन शेर्पाले सो प्रस्ताव पेश गरेका हुन् ।

उनले सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने र दुर्घटनामा परी ज्यान गुमाउने परिवारलाई उचित क्षतिपूर्ति र घाईतेलाई उद्धार र उपचार, अपांगता भएकालाई उचित प्रवन्ध गर्न तत्काल कदम चाल्नुपर्ने भन्दै सार्वजनिक महत्वको प्रस्ताव पेश गरेको बताए ।

सांसद शेर्पाले सवारी सुरक्षामा देखिएको यस प्रकारको समस्याले मुलुकले झन्डै १२ अर्ब २८ करोड बराबरकाको क्षति व्यहोर्नुपरिरहेको दाबी गरे ।

सो प्रस्तावमा चालु आर्थिक वर्षको पहिलो महिनामा साउनदेखि वैशाख ३० को अवधिमा १९ हजार २६३ सवारी दुर्घटना हुँदा १ हजार ९३२ मृत्यु भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077