Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • पछिल्लो १० महिनामा १९ प्रतिशतले बढ्यो रेमिट्यान्स

    पछिल्लो १० महिनामा १९ प्रतिशतले बढ्यो रेमिट्यान्स

    अनलाइन नेपाल
  • सोमबार, २८ जेष्ठ २०८१
  • 336
    SHARES

    काठमाडौं । चालू आर्थिक वर्षको पछिल्लो १० महिनामा ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा रेमिट्यान्स आप्रवाह १९.२ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २३.४ प्रतिशतले बढेको थियो ।



    अमेरिकी डलरमा रेमिट्यान्स ९ अर्ब २ करोड पुगेको छ । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ)लिने नेपालीको संख्या ३ लाख ७४ हजार ८८७ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ३७ हजार ८९३ रहेको छ ।



    यो अवधिमा खुद ट्रान्सफर १७.२ प्रतिशतले वृद्धि भई १३ खर्ब १ अर्ब ७२ करोड पुगेको छ ।

    त्यस्तै,नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक स्थिति सरकारले १० खर्ब, ५६ अर्ब, ८९ करोड खर्च गर्दा आम्दानी भने जम्मा ८ खर्ब, ३१ अर्ब, ९३ करोड रहेको उल्लेख छ ।

    उक्त तथ्याङ्कमा आयामा दुई दशमलव ४ प्रतिशत, निर्यातमा तीन दशमलव ६ प्रतिशत संकुचन आएको बताइएको छ भने कूल वस्तु व्यापार घाटा दुई दशमलव ३ प्रतिशतले घटेको छ ।

    नेपालको शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै नेपालको कुल विदेशी विनियम संचिती १९ खर्ब, ४२ अर्ब रहेको छ भने विस्तृत मुद्राप्रदायक आठ दशमलव १ प्रतिशतले बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार