Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

करिब ९ अंकले बढ्यो नेप्से, ५ अर्ब ४९ करोडको कारोबार

काठमाडौं । सेयर बजार परिसूचक नेप्से करिब ९ अंकले बढेको छ। नेप्से परिसूचक ८.९० अंकले बढेर २०८२.०२ को बिन्दुमा पुगेको हो।

सामान्य अंकले बढेको सेयर बजारमा कारोबार रकम आइतबारको तुलनामा बढेको छ।

यसदिन ३१४ स्क्रिप्सको १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता सेयर ५ अर्ब ४९ करोड ६ लाख ९ हजार ७८२ रुपैयाँमा खरिदबिक्री भए।

आइतबार ५ अर्ब १८ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। आज तीनवटा स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

कुथेली बुखारी, त्रिशुली जलविद्युत कम्पनी र पिपुल्स पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

मोलुङ हाइड्रोपावरको सेयर ९.४९ र सुपर माइ हाइड्रोपावरको ८.९९ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट शीर्षस्थानमा रह्यो।

सो कम्पनीको ४१ करोड ८७ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077