Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरण आधा घण्टा रोकिने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज विमान दुर्घटना र उद्धारसम्बन्धी अभ्यास हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसो १ देखि साढे १ बजेसम्म उद्धारसम्बन्धी अभ्यास गर्न लागेको हो । सो समयमा विमानको उडान र अवतरण समेत रोकिने भएको छ ।

दिउँसो १ देखि साढे १ बजेसम्म गरिने अभ्यासका क्रममा विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँ आउनुका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तिव्रता आउने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) को मापदण्ड तथा एयरपोर्ट इमर्जेन्सी प्लानअन्तर्गत उक्त कार्यक्रम गर्न लागिएको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077