Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कोशी सरकार गठनविरुद्धको मुद्दा आज पूर्ण इजलासमा

    कोशी सरकार गठनविरुद्धको मुद्दा आज पूर्ण इजलासमा

    अनलाइन नेपाल
  • आइतबार, २७ जेष्ठ २०८१
  • 510
    SHARES

    काठमाडौं । कोशी सरकार गठनविरुद्धको रिट आज पूर्ण इजलासमा सुनुवाइको पेशी तोकिएको छ ।

    पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, अब्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेलको इजलास परेको हो।



    कार्कीले एक महिनाअघि २७ वैशाखमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।



    यसअघि संयुक्त इजलासमा सुनुवाई भएको रिट आजबाट पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो ।

    पूर्ण इजलासमा आज कोशी सरकार गठन विरुद्धको मुद्दा मात्रै छ ।

    गत बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो ।

    एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधान विपरीत अर्को मुख्यमन्त्रीको नियुक्ति भएको भन्दै केदार कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश माग गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार