Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • निगरानीपछि बढ्यो पशुपतिको भेटी

    निगरानीपछि बढ्यो पशुपतिको भेटी

    अनलाइन नेपाल
  • आइतबार, २७ जेष्ठ २०८१
  • 762
    SHARES

    काठमाडौं । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरीमा संलग्न रहेको अभियोगमा पाँच अभियुक्त पक्राउ परेपछि दुई महिनायताकै सर्वाधिक भेटी सङ्कलन भएको छ ।

    पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संरक्षणमा भेटी चोरीमा संलग्न कोषका नायब सुब्बासहितका कर्मचारी पक्राउ परेपछि कोषमा जम्मा हुने भेटी बढेको हो ।



    कोषका सदस्य सचिव डा. मिलनकुमार थापाका अनुसार भेटी चोरीको गिरोहलाई प्रहरीमा बुझाएपछि र सिसिटिभीमार्फत निगरानी बढाउँदा यस वर्षको सर्वाधिकसहित जेठ १ देखि २२ गतेसम्ममै एक करोड पाँच लाख नौ हजार १६७ रुपियाँ भेटी सङ्कलन भएको छ ।



    यसअघि वैशाख १ देखि ३१ गतेसम्ममा एक करोड १२ लाख पाँच हजार ७३२ रुपियाँ सङ्कलन भएको छ । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार