Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मेयर बालेनलाई काम गर्न दिन कांग्रेस सांसद सेजुवालको माग

काठमाडौं । नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनलाई काम गर्न दिन आग्रह गरेकी छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सेजुवालले मेयर बालेनलाई काम गर्न दिन माग गरेकी हुन्।

काठमाडौं महानगर र संघीय सरकारबीच न्यूरोडमा विवाद देखिएको भन्दै उनले न्यूरोडदेखि लिएर बसन्तपुर, इन्द्रचोक,ठमेलमा किन गाडि गुड्ने शहर चाहियो भन्दै प्रश्न गरिन्।

सांसद सेजुवालले भनिन्,‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ कि त हामी खारेज गरौं, हैन भने बालेनलाई काम गर्न किन नदिने ? त्यो न्यूरोडदेखि लिएर बसन्तपुर, इन्द्रचोक,ठमेलमा किन गाडि गुड्ने शहर चाहियो, किन रोड चाहियो ? फराकिलो गर्नलाई, फुटपाथका व्यापारी, श्रमजीवीलाई काम गर्न नदिने ? मजदूर हिँड्न नदिने ? बालेनको जुन उद्देश्य र भिजनलाई, कामलाई हामी समर्थन गर्छौ। म समर्थन गर्छु।’

उनले संघीय सरकारको पैसा बढी भए कर्णालीमा सडक बनाउन लगाउन आग्रह गरिन्। काठमाडौं महानगरसँग स्रोत साधन भएकाले काम गर्न दिनुपर्ने धारणा राखिन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077