Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्लास्टिकजन्य फोहोर प्रमुख वातावरणीय चुनौती बन्न पुग्यो : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्लास्टिकजन्य फोहोर प्रमुख वातावरणीय चुनौती बन्न पुगेको बताएका छन् । विश्व वातावरण दिवस २०२४ को शुभकामना सन्देश दिँदै उनले विकास र वातावरण एकआपसका प्रतिद्वन्द्वी नभई परिपूरक रहेको बताएका हुन् ।

उनले सन्देशमा यस दिवसलाई सबैले आफ्नो घर वरिपरिको वातावरण सुधार गर्दै वन, जल, वनस्पति तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई संविधान प्रदत्त स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउन प्रण गर्ने दिनका रूपमा लिनुपर्ने उल्लेख गरे ।

वायु, जल र भूमि प्रदूषणबाट परिरहेको असरलाई कम गर्न नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्न यस दिवसले थप उत्साह प्रदान गर्ने उनको भनाइ छ ।

वातावरण संरक्षण तथा सुधारका लागि नेपालले अवलम्बन गरेको नीति तथा कार्यक्रमबाट वातावरणको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको शुभकामना सन्देशमा उल्लेख छ ।

मानिसले प्राकृतिक स्रोतको अधिक दोहन गरेका कारण पारिस्थितिकीय प्रणालीमा नै असन्तुलन उत्पन्न भएको बताउँदै उनले प्रकृतिमुखी जीवनशैली अपनाउँदै वातावरण सुधारका गतिविधि प्रवर्धन गर्न सबैमा आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077