Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले प्युठानको अध्यक्षमा पुनः विष्ट

प्युठान । नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्युठानको अध्यक्षमा जिजयविराज विष्ट पुनः निर्वाचित भएका छन् ।

दशौँ जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी मधुर शर्मा र अजय सिंह रहेका थिए ।

उपाध्यक्षमा माधव पौडेल, सचिवमा इन्द्रमणि पोख्रेल, उपसचिवमा हिरामणि भण्डारी र इश्वरा आचार्य निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक नेत्रबहादुर रोकायले जानकारी दिए ।

मतदानमा पाँच सय ३९ प्रतिनिधिमध्ये पाँच सय २३ जनाले भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077