Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • पीए र सल्लाहकारका कारण स्वास्थ्य मन्त्री बदनाम, आपूर्ति शाखामा अझै चौरसियाकै रजगज

    पीए र सल्लाहकारका कारण स्वास्थ्य मन्त्री बदनाम, आपूर्ति शाखामा अझै चौरसियाकै रजगज

    अनलाइन नेपाल
  • मंगलबार, २२ जेष्ठ २०८१
  • 1.3K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवलाई बदनाम गराउन स्वकीय सचिवालय नै लागेको छ ।

    यादवले उपस्वकीय सचिवमा निखिल बरनवाललाई राखेका छन् । पर्साकै भएका कारण बरनवालले सो पदमा नियुक्ति पाएका हुन् ।



    नियुक्ति पाएलगत्तै उनको चुरीफुरी यति बढेको छ कि उनले आफ्नो हैसियत नै भुलेर कर्मचारी सरुवा र आपूर्तिकर्ताहरुसँग होटल होटलमा डिलिङ गर्ने काम गर्दैआएका छन् ।



    सहसचिव जयराम भण्डारीले उमेरहदका कारण जेठ १७ गते अनिवार्य अवकाश पाए । उनी सोही दिनबाट कार्यालयमा आउन छाडेका हुन् । तर निखिलले सहसचिवले प्रयोग गर्दैआएको गाडी आइतबारबाट प्रयोग गर्न थालेका छन् ।

    उपस्वकीय सचिव सवारी साधनको सुविधा पाउने र दिने प्रचलन छैन । तर सचिव डा। रोशन पोखरेलको निगाहमा उनले सहसचिवले प्रयोग गर्दैआएको गाडी लिएका छन् ।

    स्रोतका अनुसार जनसंख्यातर्फका सचिव मधुसुदन बुर्लाकोटी सरुवा भएको भोलिपल्ट रमाना लिएर हिंडे । बुर्लाकोटीको ठाउँमा सरुवा भएका सचिव हरि मैनाली ज्योतिषसँग परामर्श गरी सोमबार मात्र हाजिर भए । स्वास्थ्यमा प्रशासनिक काम जनसंख्या सचिवले गर्र्दैआएका छन् ।

    मैनाली आउनुअघि नै सचिव पोखरेलले सहसचिवले प्रयोग गर्ने गाडी निखिललाई प्रयोग गर्न दिनका लागि आन्तरिक प्रशासन शाखालाई निर्देशन दिएका हुन् ।

    नयाँ सहसचिव आएपछि उनका लागि कुन सवारी साधन दिने भन्ने टाउको दुखाई अहिले आन्तरिक प्रशासन शाखालाई परेको छ । मन्त्रीको पीएलाई रिझाउने नाममा सहसचिवकै गाडी सुम्पिएपछि आन्तरिक प्रशासन शाखा सकसमा परेको छ ।

    उता, निखिलले सवारी साधनमा मात्र आँखा लगाएका छैनन् । मन्त्रालयका सचिव, सहसचिवलगायतका कर्मचारीहरुलाई निर्देशनकै शैलीमा काम अराउने गरेका छन् । उनको विशेष चासो औषधि–उपकरण खरिद र कार्यालय प्रमुखको नियुक्तिमा रहेको छ ।

    औषधि आपूर्तिकर्तालाई होटल र कार्यकक्षमै भेटेर उनले चर्को कमिसनको बार्गेनिङ गरेको बताइन्छ । विशेष गरी आफ्नै क्षेत्रका सप्लायर्सहरुलाई उनले प्राथमिकता दिने गरेका छन् ।

    स्वास्थ्य सेवा विभागका महानिर्देशक संगीता मिश्र तराईको हुनु र आपूर्ति शाखाका डा. सुरेन्द्र चौरसिया पर्साकै हुनुले पनि उनलाई डिल गर्न मद्दत पुगेको हो । चौरसिया पटक पटक गरी करिब ४ बर्षदेखि आपूर्ति शाखाको प्रमुख छन् ।

    स्वास्थ्य मन्त्रालयमा आधा दर्जन मन्त्री परिवर्तन चौरसियालाई आपूर्ति शाखाबाट हटाउन कसैको हैसियत देखिएको छैन । सबै मन्त्री र सचिवालयलाई आर्थिक लेनदेन गरी सेटिङ मिलाई टिक्न सफल चौरसिया यसअघिका स्वास्थ्य मन्त्री विश्वासपात्र मानिन्थे ।

    हालका मन्त्री प्रदीपले उपेन्द्रका विश्वासिलाहरुलाई धमाधम हटाइरहेका बेला चौरसिया भने भित्रिया बन्न सफल भएका छन् । स्वकीय सचिवालयमा निखिल बरनावालका गतिबिधिले मन्त्री प्रदीपकै छविमा आँच पुगिरहँदा उनी मौन रहनुले उनले सेटिङमा परिचालन गरेको हो कि भन्ने भ्रम उत्पन्न भएको छ ।

    मन्त्री प्रदीपले हुँदै नभएको पदमा सल्लाहकारमा छापाखाना संचालक अवधेश दासलाई नियुक्ति गरेका छन् । स्वास्थ्य सल्लाहकार नियुक्ति विगतमा हुँदै आएको, त्यसका लागि मन्त्रिपरिषदले नै नियुक्ति गथ्र्यो ।

    तर अवधेशलाई नै मन्त्रीले ठाडो नियुक्ति दिएको बताइन्छ । सल्लाहकार नियुक्ति गर्नुपर्दा मन्त्रिपरिषदले निर्णय लिनुपर्ने ब्यवस्था छ ।

    तर दरबन्दी नभए पनि अवधेशलाई सल्लाहकार राखिएपछि उनलाई बिना कानुनी आधारमा कार्यकक्ष र सुविधा दिंदा भोलि महालेखा परीक्षक कार्यालयले बेरुजु निकाल्ला भन्ने चिन्तामा स्वास्थ्यका अधिकारी परेका छन् ।

    दास मन्त्री प्रदीपसँग केही दिनअघि जेनेभा संगै गएर फर्किएका हुन् । उपेन्द्रका निजी सचिव भवनाथ खतिवडाको नाम काटेर असम्बधित दासलाई भ्रमणमा समावेश गरेको बिषयमा टिकाटिप्पणी भइरहेको छ ।

    अघिल्ला स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई उनका पुत्र अमरेन्द्र यादवले बदनाम गराएका थिए । अहिलेका मन्त्रीलाई निखिल र अवधेशले बदनाम गराउने चिन्तामा प्रदीपका शुभचिन्तकहरु छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार