Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देशको गोप्य सूचना बेच्नेको नाम खुलाउन कांग्रेस सांसद केसीको आग्रह

काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद राजन केसीले देशको गोप्य सूचना विक्री गर्ने व्यक्तिको नाम खुलाउन आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद केसीले यस्तो बताएका हुन् ।

सांसद केसीले नेपालको गोप्य सूचना कसले बेच्यो गृहमन्त्री रवि लामिछानेलाई प्रस्ट पार्नका लागि रुलिङ लागि सभामुखको ध्यानाकर्षण गराए ।

सांसद केसीले भने, ‘देशको गोप्य सूचना विदेशमा बेच्ने सांसद यही संसदमा छ भनेर केही दिनअघि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भन्नुभयो । त्यो पनि सभामुखज्यूलाई साक्षी राखेर भन्नुभयो । यो अत्यन्तै गम्भीर कुरा हो, यो केवल आन्तरिक मामिलासँग मात्र सम्बन्धित छैन, यही संसदमा गोप्य सूचना बेच्ने मान्छे छ भनेर मुलुकको गृहमन्त्रीले भन्ने कुरा अत्यन्तै गम्भीर कुरा हो । नेपाली जनता हेर्न चाहन्छन् को रहेछ त्यो देशको गोप्य सूचना बेच्ने ? यसको जानकारी चाहियो । कहिले, कहाँ, कसरी, कति मूल्यमा देशको सूचना बेचियो ?’

सभामुखलाई नै साक्षी राखेर गृहमन्त्रीले भनेकोले गृहमन्त्रीको स्पष्ट धारणा माग गरेको भन्दै उनले यस मामिला त्यसै ननिभ्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077