Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • राष्ट्रियसभा बैठक : बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुन

    राष्ट्रियसभा बैठक : बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुन

    अनलाइन नेपाल
  • मंगलबार, २२ जेष्ठ २०८१
  • 420
    SHARES

    काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेको हो ।

    बैठकमा आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहने कार्यसूची रहेको छ ।



    यस्तै, बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेटमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिने संसद सचिवालयले जनाएको छ ।



    आजको बैठकमा शोक प्रस्तावको कार्यसूची समेत रहेको छ । अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाका पूर्वसदस्य खगेन्द्र रेग्मी, संविधानसभाका पूर्वसदस्य सूर्यमान गुरुङ र प्रतिनिधिसभाका पूर्वसदस्य शैयद मेहराज अहमद शाहको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार