हेटौंडा । नेकपा एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित भएका छन् ।
निकटतम प्रतिस्पर्धी इन्द्रमान स्याङतानलाई हराउँदै पोखरेलले ३ सय १३ मत ल्याएर निर्वाचित भएका हुन् ।
अध्यक्ष पदमा चार जनाले उम्मेदवारी दिएका थिए । पोखरेल यसअघि कार्य समितिको सचिवालय सदस्य थिए ।
उपाध्यक्षमा हिदम लामा विजयी भएका छन् । लामाले ४ सय ७६ मत ल्याउँदा उनको निकटतम प्रतिस्पर्धी सुनिल मोक्तानले १ सय ९८ मत पाएका थिए ।
सचिवमा सिता विष्ट विजयी भएकी छन् । २ सय ९७ मत ल्याएर विष्ट विजयी हुँदा उनको निकटतम प्रतिस्पर्धी मदन दाहालले २ सय ५५ मत पाए ।
सचिवमा तीन जनाले उम्मेदवारी दिएका थिए ।