Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चित्रबहादुर केसी भन्छन् - वैदेशिक ऋण लिएर संघीयता धान्न सकिदैँन

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले ऋण लिएर संघीयता धान्न नसकिने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथिको छलफलमा भाग लिँदै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।

केसीले ऋण लिएर संघीयता धान्ने कुरा गलत भएको बताए । उनले साधारण खर्चको बोझ घटाउन संघीयता खारेज गर्नुपर्ने बताए ।

अध्यक्ष केसीले भने,‘साधारण तर्फको बढ्दो बजेट भोलुमको मुख्य कारण संघीयता हो । संघीयताका कारणले साधारणतर्फको खर्च बढेको छ ।वैदेशिक ऋण लिएर संघीय संरचना धान्ने कुरा गलत भएकाले संघीय संरचना हटाउन पर्छ ।’

सांसद केसीले उत्पादन र उत्पादकत्वमा वृद्धिमा सरकारले बजेटको व्यवस्था गर्न नसकेको पनि बताए ।संघीयताका कारण चालु खर्च बढेर देशले धान्न नसक्ने अवस्था सृजना भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077