Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जातीय विभेद मानवीय गरिमाविरुद्धको अपराध हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमाविरुद्धको अपराध रहेको बताएका छन् ।

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना दिँदै पौडेलले यस्तो बताएका हुन् । उनले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन र जातीय छुवाछुत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिनुपर्ने बताए ।

उनले लोकतान्त्रिक राज्य प्रणालीलाई सार्थक बनाउन तिनै तहका सरकारी निकाय, राजनीतिक दल, सरकारी संघसंस्था, नागरिक समाज र सञ्चारकर्मीलाई संवेदनशील हुन आग्रह पनि गरे ।

उनले यो दिवसले मुलुकमा सामाजिक जागरण र समभावको विकास गर्न सबै जात, जाति र समुदायबिच सद्भाव, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् । उनले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसबाट सुसंस्कृत र छुवाछुतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

‘यो दिवसबाट आर्थिक, सामाजिक, राजनीतिक, साँस्कृतिक तथा जातीय आधारमा हुने सबै प्रकारका विभेद तथा उत्पीडन क्रमशः अन्त्य हुँदै जाने आधारहरू निर्माण गर्न सम्बन्धित निकायहरू सक्रिय हुने छन् भन्ने विश्वास लिएको छु’, शुभकामना सन्देशमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077