Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहमतिबाटै पार्टीको नेतृत्व चयन गर्छौं : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको महाधिवेशनबाट सहमतिमै नेतृत्व चयन गर्ने बताएका छन् ।

पार्टी प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले यस्तो बताएका हुन् । नेता खनालले आगामी असारमा हुने महाधिवेशनले सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने प्रयासस्वरुप छलफलहरू भइरहेको बताए ।

नेता खनालले भने,'महाधिवेशनले दस्ताबेजहरु पास गर्नुका साथै सकेसम्म अन्तिम प्रयत्न गरेर सहमतिपूर्ण नेतृत्व निर्माण गर्छौं।'

नेता खनालले १० औं महाधिवेशनले नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा दिने दाबी समेत गरे ।

एकीकृत समाजवादीको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदैछ ।

महाधिवेशनमा चारवटा दस्ताबेजहरू पेश गरेर पारित गर्नुका साथै नयाँ नेतृत्व समेत चयन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077