Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज किन धावनमार्गबाटै फर्काइयो ?

काठमाडौं । जहाजभित्र इन्धनको गन्ध आएपछि काठमाडौंबाट धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्ग नजिकैबाट पुन: पार्किङमा फर्काइएको छ ।

त्रिभुवन विमानस्थल स्रोतका अनुसार एसएचए २२१ उडान नम्बरको ९एनएएनएस जहाज धावनमार्ग फर्काइएको हो ।

थप प्राविधिक परिक्षणका लागि जहाज फर्काइएको बताइएको छ ।

जहाज काठमाडौं बाट ८:२५ मा उडिसक्नु पर्ने विमानस्थलको तालिका थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077