Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनसरीबाट स्रोत नखुलेको १ करोड १ लाख रुपैयाँ बरामद

सुनसरी । सशस्त्र प्रहरी बलले सुनसरीबाट हुण्डीको आशंकामा १ करोड १ लाख रुपैयाँ नगद बरामद गरेको छ । 

हरिनगर गाँउपालिका–५ दुर्गा मन्दिरस्थित सशस्त्रको बोर्डर आउट पोस्ट (बीओपी) वसन्तपुरको चेक प्वाइन्ट टोलीले शनिबार घुस्की नाकाबाट उक्त रकम बरामद गरेको हो ।

हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शंका लागि चेकजाँच गर्दा त्यसभित्र बोरामा लुकाएर राखेको सो रकम बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद भएको रकममा १ हजार दरका ९ हजार ७०० थान ( ९७ लाख ) र ५०० दरको ८०० थान (४ लाख ) थान रहेको छ । 

रकमसँगै कार र त्यसका चालक सुनसरीको  हरिनगर गाँउपालिका– ५  बस्ने अन्दाजी ३७ वर्षका इसा अन्सारीलाई नियन्त्रणमा लिइएको छ । प्रारम्भिक सोधपुछमा उनले सो रकमको स्रोत खुलाउन सकेका सकेका छैनन ।

नगद, कार र चालकलाई आवश्यक अनुसन्धान  तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, इटहरीमा बुझाउने तयारी भैरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077