Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • हुथी समुहद्वारा अमेरिकी जहाजमा मिसाइल आक्रमण

    हुथी समुहद्वारा अमेरिकी जहाजमा मिसाइल आक्रमण

    अनलाइन नेपाल
  • शनिबार, १९ जेष्ठ २०८१
  • 732
    SHARES

    फाइल फोटो

    एजेन्सी । यमनमा अमेरिका र बेलायतले हालै गरेको आक्रमणको जवाफमा हुथी समुहले लाल सागरमा संयुक्त राज्य अमेरिकाको जहाजमा मिसाइल आक्रमण गरेको छ ।

    यमनको होदेइदाह प्रान्तमा अमेरिका र बेलायतको संयुक्त आक्रमणमा कम्तिमा सोह्र जनाको मृत्यु भएको समूहको दाबीपछि हुथी सैन्य समुहले आइसेनहावर जहाजमा आक्रमण गरेको हो ।



    हुथी नियन्त्रित च्यानल अल मासिराह टेलिभिजनले बिहीबारको आक्रमणको नतिजा खुलासा गर्दै होदेइदाहमा घाइते नागरिकको उपचार भइरहेको फुटेज प्रसारण गरेको थियो ।



    उक्त आक्रमणमा कम्तीमा बयालिस जना घाइते भएको बताइएको छ । बेलायती प्रधानमन्त्री ऋषि सुनाकले आक्रमणलाई हुथी विरुद्धको आत्मरक्षाको एकरूप रहेको बताएका छन् ।

    इरान समर्थित हुथी समुहलेले पश्चिमी समर्थित र साउदी नेतृत्वको गठबन्धनविरुद्ध लगभग एक दशकको द्वन्द्वपछि यमनको महत्त्वपूर्ण भागलाई नियन्त्रण गरेको हो ।

    गाजामा इजरायलको चलिरहेको द्वन्द्वबीचमा उनीहरूले प्यालेस्टिनीलाई समर्थन गरेका छन् । उनीहरुले नोभेम्बरदेखि लाल सागर, बाब अल–मन्डेब जलडमरूमध्य र एडनको खाडीमा जहाजमा बारम्बार ड्रोन र मिसाइल आक्रमण सुरु गरेका छन् ।

    इरानले अमेरिका–बेलायतको आक्रमणलाई यमनको सार्वभौमिकता र क्षेत्रीय अखण्डता, अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारको उल्लङ्घन भएको निन्दा गरेको छ ।

    अमेरिकी समुद्री प्रशासनका अनुसार हुथीले ढुवानी जहाजमा पचासभन्दा बढी आक्रमण गरेका छन्, जसको परिणामस्वरूप हताहत, जहाज कब्जा र विश्वव्यापी व्यापार मार्गमा अवरोध आएको छ ।

    हुथीले ढुवानी कम्पनीलाई वैकल्पिक मार्ग खोज्न बाध्य पारेका छन् । जसका कारण लाल सागर पार गर्ने विश्वव्यापी व्यापारको लगभग बाह्र प्रतिशतलाई असर गरेको छ । हुथीको क्षमतालाई घटाउने उद्देश्यले अमेरिका र बेलायतले संयुक्त हमला गरे पनि विद्रोहीले आफ्नो आक्रमण जारी राखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार