Online Nepal
  • सोमबार, ५ कार्तिक २०८१
  • सलामान खानमाथि आक्रमणको अर्को योजना विफल

    सलामान खानमाथि आक्रमणको अर्को योजना विफल

    अनलाइन नेपाल
  • शनिबार, १९ जेष्ठ २०८१
  • 1.2K
    SHARES

    एजेन्सी । बलिउड अभिनेता सलमान खानमाथि आक्रमण गर्ने प्रयासलाई मुम्बई प्रहरीले फेरि असफल बनाएको छ ।

    पनवेलमा सलमानको कारमा आक्रमण गर्ने योजना बनाएका लरेन्स बिश्नोईको गिरोहका चार जनालाई नवी मुम्बई प्रहरीले पक्राउ गरेको हो ।



    यी चारको पहिचान धनञ्जय उर्फ ​​अजय कश्यप, गौरव भाटिया उर्फ ​​न्हाई, वास्पी खान उर्फ ​​वासिम चिकना र जिशान खान उर्फ ​​जावेद खान रहेको छ ।



    चारै जना विरुद्ध आईपीसीको धारा ११५, १२० (बी), ५०६ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। यी चारै जना बिश्नोई गिरोहका सदस्य हुन् ।

    यस्तो अवस्थामा प्रहरीले लरेन्स बिश्नोई, अनमोल बिश्नोई, गोल्डी बरारलगायत १८ जनाविरुद्ध एफआईआर दर्ता गरेको छ ।

    पाकिस्तानबाट एके–४७ लगायतका धेरै खतरनाक हतियार ल्याउने योजना रहेको प्रहरीले जनाएको छ । मिडिया रिपोर्टका अनुसार आक्रमणकारीहरूले एके–४७, एम-१६ र एके-९२ प्राप्त गर्ने प्रयास गरिरहेका थिए।

    उनीहरूले फार्म हाउस र धेरै ठाउँको रेकी गरेका थिए । प्रहरीले उनीहरूको मोबाइलबाट यस्ता धेरै भिडियो पनि बरामद गरेको छ ।यसअघि १४ अप्रिलमा पनि सलमान खानको बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोलाबारी भएको थियो ।

    दुई मोटरसाइकलमा आएका आक्रमणकारीले ५ राउन्ड फायर गरेका थिए । गोली चलाउँदा सलमान आफ्नै घरमा थिए । घटनापछि सलमानको घरबाहिर सुरक्षा बढाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार