Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न समिति गठन

    त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न समिति गठन

    अनलाइन नेपाल
  • शुक्रबार, १८ जेष्ठ २०८१
  • 489
    SHARES

    काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको काठमाडौं उपत्यकाभित्र रहेका जग्गाको अध्ययन अनुसन्धान गर्न समिति गठन गरेको छ।

    मन्त्रिपरिषद बैठकले विश्वविद्यालयको नाममा रहेका जग्गाबारे अध्ययन गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो ।



    पहिलो चरणमा काठमाडौं उपत्यका भित्रको जग्गाको अध्ययन अनुसन्धान तथा छानबिन एवं भवनलगायत अन्य अचल सम्पत्तिको खोज लगत संकलन, संरक्षण, उपयोग, व्यवस्‍थापन र आवश्यक अन्य कार्यका लागि अध्ययन गर्नेछ।



    यसमा पूर्व सहसचिवद्वय महेन्द्रकुमार थापा, जानकीबल्लभ अधिकारी, विज्ञ सदस्य प्रा.डा प्रेमसागर चापागाईं र शिक्षा मन्त्रालयका उपसचिव सदस्य सचिव रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार