एजेन्सी । अमेरिका र बेलायतले यमनमा इरान समर्थित विद्रोही समुहमाथि गरेको हवाई आक्रमणमा परेर १४ जनाको मृत्यु भएको छ ।
हुथीहरूले नोभेम्बरदेखि गाजा युद्धमा प्यालेष्टिनीहरूलाई समर्थन गर्दै रेड सी र एडनको खाडी वरपर सामान ढुवानी गर्ने जहाजहरूमा आक्रमण गर्दै आएको थियो ।
हुथी नियन्त्रित अल–मासिराह टेलिभिजन च्यानलले ताइज सहरमा दूरसञ्चार पूर्वाधारलाई समेत लक्षित गरेको उक्त आक्रमणमा चौध जनाको जनाको मृत्यु हुनका साथै तीस जनाभन्दा बढी घाइते भएको बताएको छ ।
रेड सी र एडनको खाडीमा अन्तर्राष्ट्रिय ढुवानीमा आक्रमणहरू जारी राख्ने क्षमतालाई कम गर्न हुथी सैन्य सुविधाविरुद्ध अमेरिकी सेनासँग संयुक्त हवाई आक्रमण गरेको बेलायती रक्षा मन्त्रालयले बताएको छ ।
Leave a Reply