Online Nepal
  • बिहिबार, ६ मंसिर २०८१
  • देशको राजनीति बिग्रनुको प्रमुख कारण भ्रष्टीकरण हो : माधव नेपाल

    देशको राजनीति बिग्रनुको प्रमुख कारण भ्रष्टीकरण हो : माधव नेपाल

    अनलाइन नेपाल
  • शुक्रबार, १८ जेष्ठ २०८१
  • 438
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशको राजनीति बिग्रनुको प्रमुख कारण नै भ्रष्टीकरण भएको बताएका छन् ।

    वामपन्थी नेता देवशंकर पौडेलले लेखेको ‘लिखुसँग आत्मसमर्पण’ पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।



    अध्यक्ष नेपालले देशमा भ्रष्टीकरण मौलाएको बताए ।



    अध्यक्ष नेपालले भने,‘अहिलेको राजनीतिमा सबभन्दा बिग्रेको पक्ष भनेको भ्रष्टीकरणको पक्ष छ । पार्टीका नेता, कार्यकर्ता, समाज र देश भ्रष्टाचारकै कारणले बिग्रेको छ । यसबाट हामी कसरी उन्मुक्ति पाउने ? कसरी जोगिने कुरामा ध्यान दिनुपर्छ ।’

    अध्यक्ष नेपालले भ्रष्टाचार नियन्त्रण र उन्मुलन गर्ने कुरामा ध्यान दिएर देशको योजना बनाउनुपर्ने बताए ।

    उनले यसका लागि लागि राजनीतिक यात्राका महत्त्वपूर्ण जिम्मेवारीप्राप्त व्यक्तिले राष्ट्र र जनतालाई केन्द्रबिन्दु बनाउनुपर्ने पनि बताए ।

    उनले राष्ट्रिय राजनीति सञ्चालकहरुले विचार पुर्याएर, संवेदनशील भएर चल्न सकेमात्र यसो राष्ट्रिय राजनीतिका समस्या, अप्ठ्यारा र चुनौतीहरूको सामना गर्न सकिने पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार