Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • राप्रपा अध्यक्ष लिङदेन भन्छन् – देशमा मध्यावधि निर्वाचन हुने सम्भावना छ

    राप्रपा अध्यक्ष लिङदेन भन्छन् – देशमा मध्यावधि निर्वाचन हुने सम्भावना छ

    अनलाइन नेपाल
  • बुधबार, १६ जेष्ठ २०८१
  • 1.2K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुक मध्यावधि निर्वाचनमा जानसक्ने बताएका छन् ।

    भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् ।



    अध्यक्ष लिङदेनले भने, ‘दलहरुको बीचमा जुन प्रकारको प्रतिद्वन्द्विता, प्रतिष्पर्धा र अविश्वसनीयताहरु बढ्दै गएका छन् । रातभरमा नै दलहरुले समीकरण परिवर्तन गर्ने, आज यता समर्थन गरेको दलले भोली उतातिर गर्ने मात्रै होइन, प्रधानमन्त्री आफैँ समिकरण परिवर्तन गर्दै हिँड्ने । यसको प्रकारको जुन गतिविधिहरु बढिराखेको छ ।’



    अध्यक्ष लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैंले सत्ता समीकरण बदल्दै हिँड्ने गरेको भन्दै आक्रोश व्यक्त गरे ।

    प्रधानमन्त्री प्रचण्ड र राजनीतिक दलहरुका पछिल्लो गतिविधिले प्रतिनिधि सभाको मध्यावधि निर्वाचन हुनसक्ने सम्भावना देखा परेको अध्यक्ष लिङदेनको भनाइ छ ।

    सम्भावित मध्यावधि निर्वाचनको कुरा मात्रै नभएर पार्टीले सुरू गरेको आन्दोलनलाई सफल बनाउन पनि सिंगो पार्टी पंक्ति संगठन निर्माणमा जुटनुपर्ने अध्यक्ष लिङदेनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार