Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • दक्षिण कोरिया र यूएईबीच व्यापार सम्झौता

    दक्षिण कोरिया र यूएईबीच व्यापार सम्झौता

    अनलाइन नेपाल
  • बुधबार, १६ जेष्ठ २०८१
  • 705
    SHARES

    एजेन्सी । दक्षिण कोरिया र यूएईले व्यापक आर्थिक साझेदारी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    दक्षिण कोरियाको अरब देशसँगको यो पहिलो स्वतन्त्र व्यापार सम्झौता हो ।



    दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योल र संयुक्त अरब इमिरेट्सका राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यानले सियोलमा आयोजित शिखर वार्तापछि व्यापार उदारीकरण र लगानी विस्तारजस्ता क्षेत्रहरूमा द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ पार्न यो सम्झौता गरिएको हो।



    यूएई दक्षिण कोरियासँग स्वतन्त्र व्यापार सम्झौतामा पुग्ने पहिलो अरब राष्ट्र बनेको छ । यूएईको सार्वभौम सम्पत्ति कोषले पनि दक्षिण कोरियामा ३० अर्ब डलर लगानी गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ ।

    दुवै पक्षले जलवायु परिवर्तन, ऊर्जा, पूर्वाधार, आणविक ऊर्जा, बौद्धिक सम्पत्ति, रक्षा र अन्य प्रविधिमा सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

    मोहम्मद दक्षिण कोरियाको राजकीय भ्रमण गर्ने यूएईको पहिलो राष्ट्रपति हुन् । उनी दुई दिने राजकीय भ्रमणका लागि मङ्गलबार सियोल आइपुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार