Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीको ३१ करोड खेर जाने जोखिम

काठमाडौं। सशस्त्र प्रहरी बलको कल्याणकारी कोषको ३१ करोड रुपैयाँ भन्दा धेरै रकम खेर जाने जोखिम देखिएको छ ।

सशस्त्र प्रहरीले कल्याणकारी कोषबाट माली शान्ति मिसनका लागि भनेर बन्दोबस्तीका समान खरिद गरेकोमा अन्तिममा मिसन रद्द भएपछि खरिद गरिएका सामान बिग्रन थालेका छन् ।

महालेखा परीक्षकको ६१ औं प्रतिवेदनमा यो विषय उठाइएको छ । सशस्त्रले ३१ करोड १३ लाख रुपैयाँमा गाडीसहित २३ प्रकारका सामान खरिद गरेको थियो ।

एक सय ४० जनाको टोली मिसनमा खटिन तयारी अवस्थामा रहँदा राष्ट्रसंघले माली मिसन बन्द गरेपछि सशस्त्र प्रहरीलाई धक्का लागेको हो ।

यसरी खरिद गरिएका सामान हाल सशस्त्र प्रहरी मुख्यालयमै राखिएको छ । जसमध्ये कतिपय बिग्रन थालेका छन् ।

महालेखाको प्रतिवेदनमा भनिएको छ,‘यसबाट उक्त मिसनको तयारीमा खर्च भएको पुरै रकम जोखिममा रहेको छ । अत उक्त मिसनका लागि भएको खर्चको शोधभर्नाको लागि आवश्यक पहल गरी खरिद गरिएका सामाग्रीको उचित व्यवस्थापन गर्नुपर्छ ।’

सशस्त्र प्रहरीले अर्को मिसनमा आफ्नो एफपीयु पठाउन पहल गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077