Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेससहित विपक्षी दलहरुको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेससहित विपक्षी दलहरुको बैठक सुरु भएको छ ।

संसद भवनस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बैठक सुरु भएको हो ।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी छन् ।

सरकारले आज बजेट ल्याउने तयारी गरेको सन्दर्भमा यसबारे समान धारणा बनाउन विपक्षी दलको बैठक बसेको हो ।

बजेट प्रस्तुत गर्न आज दिउसो एक बजे संयुक्त सदनको बैठक आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077