Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सहकारी ठगीका विषयमा सहमति नजुटे संसदको अवरोध जारी राख्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीको विषयमा सहमति नजुटे बजेट भाषणका दौरान पनि संसद्मा अवरोध जारी राख्ने निर्णय गरेको छ ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो ।

संसदीय छानबिन समितिबारे कांग्रेसको अडान यथावत् रहेको र त्यो पूरा नभए पनि संसद्मा अवरोध जारी राख्ने प्रवक्ता प्रकाशशरण महतले बताए ।

बजेट पेस गर्नका लागि मंगलबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।

प्रवक्ता महतले आजको बैठक बिहान प्रधानमन्त्रीसहित शीर्ष नेता र कार्यदलको बैठकमा भएको छलफलमा केन्द्रित भएको बताए ।

कांग्रेसले सहकारी बचत ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै लामो समयदेखि सदनमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ।

केही दिनदेखि कांग्रेसले सडक प्रदर्शनबाट पनि संसदीय छानबिन समिति गठनमा दबाब दिँदै आएको छ।

संसदीय छानबिन समिति गठन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र सत्ता पक्ष तयार देखिए पनि कार्यादेशमा सहमति हुन सकिरहेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077