Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सहकारी ठगीविरूद्ध काठमाडौंमा कांग्रेसको प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीविरूद्ध काठमाडौंको प्रदर्शनीमार्गमा आज प्रदर्शन गरेको छ।

देशका विभिन्न सहकारीको बचत ठगी भएकोले बचतकर्तालाई न्याय दिलाउन भन्दै कांग्रेसले प्रदर्शन गरेको हो ।

कांग्रेसका नेता कार्यकर्ताले प्रदर्शनीमार्ग नजिकका विभिन्न ठाउँबाट र्‍याली निकालेका थिए ।

कांग्रेसले सहकारीको वचत रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिनको माग राखेको छ ।

संसदीय दलको संयुक्त बैठकले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने पनि संलग्न रहेकोले संसदीय छानबिन समिति गठनका लागि सदन र सडकबाट दबाब दिने निर्णय गरेको थियो।

प्रदर्शनमा कांग्रेस महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, रमेश लेखकलगायतका शीर्ष नेताहरुको पनि सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077