Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कांग्रेसको नाराबाजीकाबीच सरकारको नीति तथा कार्यक्रम पारित

    कांग्रेसको नाराबाजीकाबीच सरकारको नीति तथा कार्यक्रम पारित

    अनलाइन नेपाल
  • आइतबार, १३ जेष्ठ २०८१
  • 660
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको नाराबाजीकाबीच सरकारको नीति तथा कार्यक्रम पारित भएको छ ।

    आइतबारको बैठकमा पनि कांग्रेस सांसदहरुले नाराबाजी जारी राखेका थिए । तर नाराबाजीकै बीच नीति तथा कार्यक्रममा छलफल गरी पास गरिएको हो ।



    राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।



    सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेसले संसदमा अवरोध जारी राखेकाले नीति तथा कार्यक्रममा छलफल हुन पाएको थिएन ।

    छलफलअघि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेमकिपाका सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राखेका थिए तर ती दुवैको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार