Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नीति तथा कार्यक्रम निराशा चिर्ने गरी आएको छ : विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको नीति तथा कार्यक्रम महत्त्वपूर्ण रहेको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रमबारे छलफलमा भाग लिँदै उपाध्यक्ष पौडेलले वेल घेरिरहेको कांग्रेसलाई छलफलमा भाग लिएर ताली बजाउन आग्रह गरेका हुन्।

उपाध्यक्ष पौडेलले भने,'सरकारको नीति तथा कार्यक्रम यति राम्रो र यति महत्त्वपूर्ण छ, यतिबेला वेल घेर्ने भन्दा छलफलमा आएर ताली बजाएर समर्थन गर्नुपर्ने प्रकृतिको छ।'

उपाध्यक्ष पौडेलले गत साता प्रस्तुत भएको नीति तथा कार्यक्रमप्रति आफ्नो समर्थन रहेको जनाए ।

पौडेलले सरकारको नीति तथा कार्यक्रम आम नागरिकहरूमा विकसित भएको निराशालाई चिर्ने र आशा जगाउने गरी आएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077