Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • नीति तथा कार्यक्रम निराशा चिर्ने गरी आएको छ : विष्णु पौडेल

    नीति तथा कार्यक्रम निराशा चिर्ने गरी आएको छ : विष्णु पौडेल

    अनलाइन नेपाल
  • आइतबार, १३ जेष्ठ २०८१
  • 426
    SHARES

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको नीति तथा कार्यक्रम महत्त्वपूर्ण रहेको बताएका छन् ।

    सरकारको नीति तथा कार्यक्रमबारे छलफलमा भाग लिँदै उपाध्यक्ष पौडेलले वेल घेरिरहेको कांग्रेसलाई छलफलमा भाग लिएर ताली बजाउन आग्रह गरेका हुन्।



    उपाध्यक्ष पौडेलले भने,’सरकारको नीति तथा कार्यक्रम यति राम्रो र यति महत्त्वपूर्ण छ, यतिबेला वेल घेर्ने भन्दा छलफलमा आएर ताली बजाएर समर्थन गर्नुपर्ने प्रकृतिको छ।’



    उपाध्यक्ष पौडेलले गत साता प्रस्तुत भएको नीति तथा कार्यक्रमप्रति आफ्नो समर्थन रहेको जनाए ।

    पौडेलले सरकारको नीति तथा कार्यक्रम आम नागरिकहरूमा विकसित भएको निराशालाई चिर्ने र आशा जगाउने गरी आएको जिकिर गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार