Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस सहमहामन्त्री परियारले भने - सत्ता पक्षको अडानकै कारण कार्यादेशको टुंगो लागेन

काठमाडौं । नेपाली कांग्रेसमा सहमहामन्त्री जीवन परियारले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको नाम किटान नगर्ने सत्ता पक्षको अडानले छानबिन समितिको कार्यादेशमा टुंगो नलाग्ने बताएका छन्।

बुढानिलकण्ठमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र पार्टी सभापति शेरबहादुर देउवाबीचको भेटघाटपछि बोल्दै सहमहामन्त्री परियारले यस्तो बताएका हुन् ।

सहमहामन्त्री परियारले सत्तापक्षको अडानका कारण छानबिन समितिको कार्यादेशमा टुंगो लाग्न नसकेको बताए। कांग्रेसले गृहमन्त्रीको नाम किटान गरेर छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ।

तर, सत्ता पक्ष भने व्यक्तिगत नाम किटेर समिति बनाउन नहुने अडानमा छ। कार्यदलका सदस्यसमेत रहेका परियारले सत्ता पक्षले चलाखी गरेर गृहमन्त्री लामिछानेलाई उन्मुक्ति दिन खोजिरहेको आरोप लगाए।

संसदको गतिरोध हटाउनबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्ड देउवा भेट्न आजै बिहान बुढानिलकण्ठ गएका थिए। त्यहाँ उनीहरूबीच करिब १ घण्टा छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077