Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सहकारी ठगीमा व्यक्तिको नाम तोकेरै छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको अडान

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा व्यक्तिको नाम तोकेरै संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग अघि सारेको छ ।

कांग्रेस नेताहरुको आन्तरिक छलफलले सहकारीको रकम अपचलनमा संलग्न व्यक्तिको नाम उल्लेख गरी छानबिन समिति गठन हुनुपर्ने अडानमा कायम रहने निर्णय गरेको हो ।

सहकारी प्रकरणमा कार्यदलमा सहमति नजुटेपछि आज शीर्ष नेताको तहमा छलफल भएको थियो ।

तर बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय छानबिन समितिको कार्यादेशमा पुरानो अडान कायमै राखेपछि छलफल विना निष्कर्ष सकिएको थियो ।

देउवासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सहकारी समस्या समाधान र संसद्को गत्यवरोध अन्त्य गर्न विकल्पहरूबारे सोच्न कांग्रेसलाई आग्रह गरेका थिए ।

देउवासँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले सहकारी समस्या समाधान गर्न गोरखा मिडिया नेटवर्कको नाम उल्लेख गरेपछि व्यक्तिको नाम राखिरहन आवश्यक नभएको बताएका थिए ।

तर प्रधानमन्त्रीको उक्त प्रस्तावलाई देउवाले अस्वीकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077