Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादी केन्द्रले दमकमा एक लाख बिरुवा रोप्ने

झापा । नेकपा माओवादी केन्द्रले झापाको दमक नगरमा लिची र कागतीको एक लाख बिरुवा रोप्ने भएको छ ।

सङ्गठन सुदृढीकरण अभियानअन्तर्गत दमकमा एक घर, एक लिची र कागतीको बिरुवा रोप्न लागिएको हो ।

माओवादी केन्द्रका अनुसार भोलिदेखि औपचारिक रूपमा दमकका प्रत्येक घरमा पुगेर बिरुवा रोप्न लागिएको हो ।

जनतालाई उत्पादनसँग जोड्ने नीतिअनुसार पाँच वर्षभित्र दमकलाई लिची र कागतीमा आत्मनिर्भर बनाउने अभियान रहेको माओवादी केन्द्रले जनाएको छ ।

बिरुवा रोप्नेसँगै जनयुद्धमा सहयोग गर्ने दमकका एक हजार दुई सय परिवारलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को शुभकामना पत्रसमेत सम्मानस्वरूप हस्तान्तरण गरिने माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077