Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकबाट बाहिरियो कांग्रेस

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रमुख दलका शीर्ष नेताहरूको बैठकबाट नेपाली कांग्रेस बाहिरिएको छ ।

सहकारी प्रकरणमा छानबिन समितिसहितको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको प्रमुख दलको बैठकबाट प्रमुख प्रतिपक्षी कांग्रेस बाहिरिएको हो ।

बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी, गृहमन्त्रीको लाञ्छनायुक्त अभिव्यक्तिसहितका विषयमा छलफल भएको बताए।

संसद्‌मा देखिएको गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीले सत्तापक्ष, प्रमुख प्रतिपक्षसहितका शीर्ष नेतासँग छलफल गर्न शुक्रबार साँझ बैठक बोलाएको थिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महेश बर्तौला, कांग्रेसका नेताहरू पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, माओवादीका हितराज पाण्डेलगायतका नेताहरू सहभागी थिए ।

कांग्रेसका नेताहरू बाहिरिए पनि सत्तापक्षका शीर्ष नेताहरू अहिले पनि छलफलमै छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077