Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

न्याय सेवाका तीन सहसचिव सचिवमा बढुवा

काठमाडौं । न्याय सेवा आयोगले तीन जना सहसचिवलाई सचिवमा बढुवा तथा पदस्थापन गरेको छ ।

आयोगको बैठकले एक सरकारी वकिल र दुईजना न्याय प्रशासनका कर्मचारीहरुलाई सचिवमा बढुवा गरेको हो ।

कायम मुकायम नायब महान्यायाधिवक्ता खेमराज ज्ञवालीलाई न्याय सेवा आयोगले नायब महान्यायाधिवक्तामा बढुवा तथा महान्यायाधिवक्ताको कार्यालयमा पदस्थापन गरिएको छ ।​

त्यसै गरी सर्वोच्च अदालतका सह-रजिस्टार यमबहादुर बुढा मगरलाई न्याय परिषद्को सचिवमा बढुवा तथा पदस्थापन गरिएको छ ।

त्यसै गरी न्यायपरिषद्का कायम मुकायम सचिव भद्रकाली पोखरेललाई सर्वोच्च अदालतको रजिस्ट्रारमा बढुवा तथा पदस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077