Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेससहित विपक्षी दलहरूको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेससहित सदनमा रहेका विपक्षी दलहरूको बैठक सुरु भएको छ।

नयाँ बानेश्वरस्थित संसद भवनमा कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बैठक सुरु भएको हो ।

कांग्रेसले सदनमा कसरी अघि बढ्ने भन्नेबारे राप्रपा, जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चासहित विपक्षी दलहरूसँग छलफल गर्दैछ ।

कांग्रेसले सहकारीको बचत ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै सदन र सडकबाट दबाब दिने निर्णय गरेको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सहित सत्ता पक्षका नेताहरू संसदीय समिति बनाउन तयार भए पनि कार्यादेशबारे सहमति भइसकेको छैन।

उक्त कार्यादेशमा गृहमन्त्री रवि लामिछानेकै नाम लेख्नुपर्ने अडानमा कांग्रेस छ भने सत्ता पक्ष व्यक्तिकेन्द्रित समिति बनाउन नहुनेमा छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077