काठमाडौं । बलिउड अभिनेता शाहरूख खान अस्पतालमा भर्ना भएका छन् ।
२१ मेमा नरेन्द्र मोदी स्टेडियममा आइपिएल म्याच हेर्न पुगेका शाहरूखको गर्मीको कारण स्वास्थ्यमा समस्या देखिएपछि अहमदाबादको नजिकैको अस्पतालमा भर्ना भएका हुन् ।
उनलाई भेट्न हालै अभिनेत्री जुही चावला अस्पताल पुगेकी थिइन् । अहिले उनको स्वास्थ्यमा सुधार आएको बताइएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार शाहरूख आजै डिस्चार्ज हुँदैछन् ।
Leave a Reply