Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

केपी ओली भन्छन् - नागरिकता छानबिन गर्दा प्रेस स्वतन्त्रता हनन् हुँदैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकजना मान्छेको नागरिकताको विषय छानबिन गर्दा प्रेस स्वतन्त्रता हनन् नहुने बताएका छन् ।

विराटनगरमा बिहीबार साँझ एमालेको मोरङ जिल्ला कार्यालयमा सञ्चारकर्मीसँगको कुराकानीमा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो बताएका हुन् ।

उनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी प्रेससँग सम्बन्धित विषय नभएको स्पष्ट पारे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले नक्कली नागरिकताका विषयमा छलफल गर्दा प्रेस स्वतन्त्रता हनन् भएको भनेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाङ्गो–टिङ्गो खेल खेलेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077