पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभाको बैठक बहिष्कार गर्ने भएको छ ।
मुख्यमन्त्री खगराज अधिकारीको विश्वासको मतविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै त्यसको अन्तिम किनारा नलागेसम्म संसद बैठकमा सहभागी नहुने कांग्रेसले जनाएको हो ।
गण्डकी प्रदेश सभाको बैठक ११ जेठको दिउँसो ३ बजेका लागि बोलाइएको छ । मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा ३० सांसदको समर्थन पाउँदैमा सभामुख कृष्णप्रसाद धितालले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका थिए ।
कांग्रेसले मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत असंवैधानिक रहेको भन्दै १४ जेठमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए ।
मुद्धाको अन्तिम किनारा नलाग्दासम्म प्रदेश सभा बैठक र सरकारले गर्ने कुनैपनि कार्यमा नेपाली कांग्रेसको सहभागिता नरहने गण्डकी कांग्रेसले जनाएको छ।
Leave a Reply