Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

विनयी खोलामा बाघ मृत भेटियो, आज 'पोस्टमार्टम' गरिने

पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको विनयी खोला किनारमा पाटे बाघ मृत अवस्थामा फेला परेको छ ।

डिभिजन वन कार्यालयका प्रमुख केशव अघिकारीका अनुसार बुधबार साँझ पोथी बाघ मृत फेला परेको हो ।

स्थानीयले खोला किनारमा बाघ मृत देखेपछि खबर गरेका थिए । लगत्तै वन कार्यालय र प्रहरीको टोलीले दुम्कीबासस्थित वन कार्यालयमा बाघ ल्याएको थियो ।

बाघको पछिल्लो भागमा जंगली जनावरले टोकेको जस्तो देखिएको बताइएको छ । बाघको आज पोस्टमार्टम गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077