Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आइतबार काठमाडौंमा प्रदर्शन गर्दै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले १३ गते आइतबार काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । केन्द्रीय र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले सहकारीमा अर्बौँ रुपैयाँ दुरुपयोग भएको बारेमा छानबिन गर्न आनाकानी गरेको निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी गराए ।

यस अघि शुक्रबार विरोध प्रदर्शन गर्ने गरी प्रस्ताव ल्याए पनि आवश्यक तयारी नपुग्ने भन्दै विरोध प्रदर्शनको कार्यक्रम आइतबार गर्न लागिएको बताइएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लाका कांग्रेस सभापतिसँगको छलफलपछि कांग्रेस आइतबार विरोध प्रदर्शन गर्ने निर्णयमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077