Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोशीका मुख्यमन्त्री कार्कीको विश्वासको मतसम्बन्धी कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदाको कागजात झिकाउन आदेश दिएको छ।

मुख्यमन्त्री कार्कीको नियुक्ति खारेजी र आफ्नो पुनर्वहालीको माग लिएर सर्वोच्च गएका केदार कार्कीको रिटमा आज सुनुवाइ गर्दै थप कागज मगाएको हो ।

न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकालको संयुक्त इजालसले ती दुई कागजको सक्कल फाइल महान्याधिवक्ताको कार्यालय मार्फत यथाशीघ्र झिकाउन आदेश दिएको छ ।

इजालसले उत्प्रेषण आदेश दिँदै असोज २५ गते ४७ जना सांसदहरूको समर्थनपश्चात नियुक्तिसम्बन्धी फाइल र नियुक्तिपश्चात कात्तिक १ गते ८६ जना सांसदबाट प्राप्त विश्वासको मतसम्बन्धी फाइल सक्कल मगाएको छ ।

नेकपा एमालेका प्रदेश सांसद हिक्मत कार्की गत वैशाख २७ गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए। उनले वैशाख ३१ गते विश्वासको मत प्राप्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077