Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सहकारी ठगीमा गृहमन्त्री लामिछानेविरुद्ध आन्दोलन गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध चरणबद्ध रूपमा आन्दोलन गर्ने निर्णय गरेको छ ।

सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले शुक्रबार काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

गृहमन्त्री लामिछाने सहकारी ठगीमा जोडिएका सहकारी रहेका क्षेत्रहरु चितवन, पोखरा र रुपन्देहीमा पनि सोही दिन आन्दोलन गर्ने कांग्रेसले जनाएको छ ।

कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका गृहमन्त्री लामिछानेलगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

त्यसपछि पनि चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम गर्नेगरी कांग्रेसले मिति प्रस्ताव गरेको छ ।

बैठकपछि कांग्रेसले औपचारिक रूपमा संघर्षका कार्यक्रम घोषणा गर्ने छ। कांग्रेसले सहकारी ठगीमा रवि लामिछाने मुछिएको भन्दै उनीमाथि कारबाहीको माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077