Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायल र हमासबीच फेरि वार्ता सुरु गर्न संयुक्त राष्ट्रसंघको आह्वान

एजेन्सी । इजरायल र विद्रोही समूह हमासबीच पुनः वार्ता सुरु गर्न संयुक्त राष्ट्रसङ्घले आह्वान गरेको छ ।

सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावका साथ वार्ता गर्न मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक तथा राष्ट्रसङ्घका राजदुत टोर वेन्नेसल्यान्डले आग्रह गरेका हुन् ।

दुई हप्ताअघि इजिप्ट, कतार र अमेरिकाको समर्थनमा मे–९ मा कायरोमा भएको वार्ता सहमति बीनै टुङ्गिएको थियो ।

गाजाका सबै बन्धकको सुरक्षित रिहाइ गर्न सम्बन्धित पक्षबीचको वार्ता र नागरिकलाई आवश्यक राहत प्रदान गर्न युद्धबिरामको आवश्यकता रहेको राष्ट्रसङ्घको भनाई रहेको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077