Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस सांसद पाण्डेले भने - पूर्वाग्रहका आधारमा कसैमाथि कारबाही भए हामी सहँदैनौँ (भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेसले कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी भएको विषय संसद बैठकमा उठाएको छ।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बद्रीप्रसाद पाण्डेले गृहमन्त्री रवि लामिछानेलाई कान्तिपुर पब्लिकेशनका अध्यक्ष सिरोहियालाई कारबाही गर्न चुनौती दिएका हुन् ।

कांग्रेस सांसद पाण्डेले भने,‘अहिले भर्खरै सुनिएको समाचारअनुसार कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ पुर्जी जारी भएको सुनेको छु। कानुनी कारबाहीको दायरामा हरेक नागरिकलाई ल्याउनुपर्छ, तर आग्रह र पूर्वाग्रह राखेर कसैमाथि कारबाही भयो भने नेपाली कांग्रेसले राणालाई सहेन, राजालाई सहेन। कसैलाई पनि सहँदैन त्यो पनि म दोहोर्‍याउन चाहन्छु।’

सांसद पाण्डेले सिरोहियामाथि कारबाही भए कांग्रेसले नसहने बताए । उनले राणा र राजालाई समेत नसहेको कांग्रेसले गृहमन्त्रीलाई पनि त्यस्तै अवस्थामा पुर्‍याइदिने चेतावनी दिए ।

सांसद पाण्डेले संसदीय छानबिन समितिको टिओआर नबनेसम्म संसद् बैठक नचल्ने बताए । फर्जी नागरिकता लिएको उजुरीपछि कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077