Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नाराबाजीकै बीच राजनीतिक दलसम्बन्धी विधेयक फिर्तासम्बन्धी प्रस्ताव स्वीकृत

काठमाडौं । नेपाली कांग्रेसको नाराबाजीकै बीच प्रतिनिधिसभाबाट राजनीतिक दलसम्बन्धी संशोधन विधेयक (दोस्रो संशोधन) २०८० फिर्ता लिने प्रस्ताव स्वीकृत भएको छ ।

जेठ ३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले विधेयक फिर्ता लिने निर्णय गरेको थियो ।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रवि लामिछानेले विधेयक फिर्ता लिएको सम्बन्धी प्रस्ताव सदनमा पेस गरेका थिए ।

विधेयकमाथि विरोधको सूचना दिन सभामुख देवराज घिमिरेले समय दिएका थिए ।

हुन्छ भन्ने सांसदको संख्या बहुमत रहेको बताउँदै सभामुख घिमिरेले सो प्रस्ताव स्वीकृत भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077