Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

महामन्त्री थापामाथि लगाएको आरोप पुष्टि गर्न गृहमन्त्री लामिछानेलाई कांग्रेसको चुनौती

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले गृहमन्त्री रवि लामिछानेलाई कांग्रेसका नेताहरूलाई लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सहमहामन्त्री पाण्डेले उक्त चुनौती दिएका हुन् । गृहमन्त्री रवि लामिछानेले सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्दै कांग्रेस महामन्त्री गगन थापाले देशका गोप्य सूचना विदेशीलाई बेचेको आरोप लगाएका थिए ।

सहमहामन्त्री पाण्डेले उपसभापति र महामन्त्रीमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिए। सांसद पाण्डेले गृहमन्त्री लामिछाने सदनमा पार्टीले उठाएको प्रश्नको साटो बर्बराउन थालेको बताए।

उनले गृहमन्त्री लामिछाने पार्टी उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापामाथि आरोप लगाएकाले छानबिन गर्न तयार रहेको बताए।

सहमहामन्त्री पाण्डेले भने, ‘गृहमन्त्रीले हाम्रो पार्टी उपसभापति र महामन्त्रीमाथि जुन किसिमको लाञ्छना लगाउनुभयो म चुनौती दिन चाहन्छु, गृहमन्त्री र सरकारलाई कस्तो टीओआर बनाउनुपर्ने हो बनाउनुस् । हाम्रो उपसभापति र महामन्त्रीको नाम किटेरै टिओआर लेख्नुपर्ने हो कि कांग्रेसकै नाम लेख्नुपर्ने परेपनि लेख्नुस् । छानबिनको समय पनि तोक्नुस् र छानबिनको निचोड हाम्रो उपसभापति र महामन्त्री दोषी हुनुभयो भने कांग्रेसका कोकोलाई कारबाही गर्न सक्नुहुन्छ ।’

उनले गृहमन्त्रीले देशको सूचना बेच्ने एजेण्ट भनेको व्यक्ति देखाउन पनि चुनौती दिए । गृहमन्त्री लामिछानेले देशका गोप्य सूचना विदेशीलाई बेच्नेलाई एजेन्ट भनेर सांसदलाई आरोप लगाएकाले छानबिन गरी दोषी भए कारबाही गर्न र लान्छना लगाएको भए गृहमन्त्रीलाई कारबाही गर्नुपर्ने माग गरे।

सूचना बेच्ने एजेण्ट को सांसद हो देखाउन गृहमन्त्रीलाई चुनौती दिँदै पाण्डेले देखाउन नसके गृहमन्त्री लामिछानेलाई ससदबाट गलहत्याउनुपर्ने माग गरे। गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधन गर्दा सहकारी ठगी गर्नेलाई मात्र नभई , कृषि अनुदानको रकम हिनामिना गरेर कुखुरा, माछा, खसी बोका, बाख्रा पाल्नेमाथि पनि छानबिन गरेर संसद बाहिर पठाउनुपर्ने धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077