एजेन्सी । इरानमा आउँदो जुन २८ तारिखमा राष्ट्रपति निर्वाचन हुने भएको छ ।
हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको सोमबार पुष्टि भएपछि उक्त निर्वाचनको मिति तय गरिएको हो ।
इरानको संवैधानिक प्रावधानानुसार, राष्ट्रपतिको मृत्युपछि ५० दिनभित्र उक्त पदको निर्वाचन गर्नुपर्ने प्रावधान छ ।
यसैबीच इरानका उपराष्ट्रपति मोहम्मद मोख्बेरले कार्यवाहक राष्ट्रपतिको रुपमा सत्ता सम्हालेका छन् ।
Leave a Reply