Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कुरिनटारमा ट्रकले दियो माइक्रो बसलाई ठक्कर, १३ यात्रु घाइते

चितवन । चितवनको कुरिनटारमा ट्रकले माइक्रो बसलाई ठक्कर दिँदा १३ यात्रु घाइते भएका छन् ।

कुरिनटारबाट मुग्लिन जाँदै गरेको माइक्रोलाई आज बिहान ट्रकले ठक्कर दिएको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार गम्भीर घाइतेलाई चितवनको पुरानो मेडिकल कलेजमा र सामान्य घाइतेहरुलाई कुरिनटारकै सहकारी अस्पतालमा उपचारका लागि पठाइएको छ ।

ट्रक चालक भने मुग्लिन प्रहरीको नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077